प्रयोगका नियमहरू
यी प्रयोगका सर्तहरूले मजेन्डा (MAGENDA) परियोजना कन्सोर्टियमका सदस्यहरूद्वारा (यसपछि "साझेदारहरू" भनिPsf]) सञ्चालन तथा व्यवस्थापन गरिएको MAGENDA वेबसाइटलाई नियमन गर्दछन । कृपया यी प्रयोगका सर्तहरू ध्यानपूर्वक पढेर मात्र वेबसाइट प्रयोग गर्नुहोस्।
वेबसाइटको प्रयोग
वेबसाइट प्रयोग गर्दा: · तपाईंले यी सर्तहरू पढिसक्नुभएको छ र तिनीहरूलाई पालन गर्न सहमत हुनुहुन्छ। · यदि तपाईं यी सर्तहरूसँग सहमत हुनुहुन्न भने, कृपया तुरुन्तै वेबसाइट बाट बाहिरिनु होस्। · साझेदारहरूले यी सर्तहरू कुनै पनि समयमा परिवर्तन गर्न सक्ने अधिकार राख्छन्। · परिवर्तनहरू वेबसाइटमा प्रकाशित भएपछि स्वत: लागु हुने छन् र तपाईंले वेबसाइटमा निरन्तर पहुँच जारी राख्नु भनेको अवस्थामा तपाईंले नयाँ सर्तहरू स्वीकार गर्नु भएको भन्ने ठानिनेछ।
सामग्रीप्रतिको जिम्मेवारी
सेवा प्रदायकको हैसियतले हामी हाम्रो वेबसाइटमा उपलब्ध गराइएका हाम्रा आफ्ना सामग्रीहरु सम्बन्धित कानुन अनुसार रहेको र त्यसको लागि बिध्यमान कानुन अनुसार हामी जिम्मेवार रहेको सुनिस्चित गर्दछौं, तर तेस्रो पक्षको सामग्रीको निगरानी वा स्वतः जाँच गर्नु हाम्रो जिम्मेवारी भित्र नपर्ने कुरा स्पस्ट पार्दछौ , र वेबसाइटमा उपलब्ध सबै
सामग्री (स्पष्ट रूपमा उल्लिखित नभएसम्म) मजेन्डा (MAGENDA) परियोजना र यसको साझेदारहरूको स्वामित्वमा रहने छन् ।
लिङ्कहरूको जिम्मेवारी
हाम्रो वेबसाइटमा तेस्रो पक्षका बाह्य वेबसाइटहरूको लिङ्कहरू समावेश छन्, जसको सामग्रीमा हाम्रो कुनै नियन्त्रण रहने छैन त्यसैले हामी उक्त बाह्य सामग्रीप्रति कुनै पनि जिम्मेवारी लिन सक्ने छैनौ । लिङ्क मार्फत विचरण गरिएका पृष्ठहरूको सामग्रीको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक वा सञ्चालकहरुको हुनेछ । हामी यो सुनिस्चित गर्दछौ कि लिङ्कहरु राखिएको समयमा सम्भावित कानुनीजाँचिएका थिए र त्यतिबेला कुनै अवैध सामग्री पत्ता नलागेका विषय वस्तु मात्र समाबेश गरिएका थिए ।
लिङ्क गरिएका पृष्ठहरूको सामग्रीको स्थायी निगरानी ठोस प्रमाणबिना अनुगमन र परिक्षण सम्भव वा व्यावहारिक नहुने भएपनि हामीलाई कानुनी उल्लङ्घनबारे जानकारी हुनासाथ त्यस्ता सामाग्रीहरु र लिङ्कहरू तुरुन्तै हटाइनेछन्।
प्रतिलिपि अधिकार (Copyright)
यस वेबसाइटमा साइट सञ्चालकद्वारा सिर्जना गरिएको सामग्री तथा कार्यहरू बेल्जियमको प्रतिलिपि अधिकार कानून अन्तर्गत संरक्षित छन्। प्रतिलिपि बनाउने, सम्पादन गर्ने, वितरण गर्ने वा प्रतिलिपि अधिकार कानुनले तोकेको सीमाबाहिर कुनै पनि प्रकार ले प्रयोग गर्न सम्बन्धित लेखक वा सर्जकको लिखित अनुमति आवश्यक हुनेछ। यस पृष्ठमा प्रस्तुत गरिएका सामग्रीहरु केवल निजी तथा गैर–व्यावसायिक प्रयोजनका लागि डाउनलोड गर्न वा प्रतिलिपि गर्न अनुमति प्रदान गरिएको छ।
जहाँसम्म यस पृष्ठमा सामग्रीहरु साइट सञ्चालकद्वारा सिर्जना गरिएको छैन, त्यहाँ तेस्रो पक्षको प्रतिलिपि अधिकारलाई सम्मान गरिएको छ। विशेष रूपमा, तेस्रो पक्षको सामग्रीलाई सोही अनुसार चिनाइएको छ । यदि तपाईंले प्रतिलिपि अधिकार उल्लङ्घन भएको थाहा पाउनुभयो भने कृपया हामीलाई जानकारी दिनुहोस्। कानुनी उल्लङ्घनबारे जानकारी पाएपछि, हामी तत्काल सो सामग्री यस पृष्ठबाट हटाउनेछौं।
व्यक्तिगत जानकारी
यस वेबसाइटमा साझेदारहरूको व्यक्तिगत जानकारी समावेश गरिएको छ। यो जानकारी यस परियोजनाको उद्देश्यका लागि मात्र उपलब्ध गराइएको हो र कुनै पनि हालतमा अन्य प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिइएको छैन ।
यस वेबसाइट वा परियोजनामार्फत व्यक्तिगत जानकारीको प्रशोधन सम्बन्धी थप जानकारीका लागि कृपया ReadLab Brussels मा सम्पर्क गर्नुहोस्। सम्बन्धित परियोजना प्रबन्धक: मोनिका-डानिएला कोस्मा[email protected]).
Rue du Collège 27, 1050 Brussels, Belgium
अनलाइन विचरणका नियमहरू
तपाईंले यो वेबसाइटलाई लागू हुने सबै कानुनअनुसार प्रयोग गर्न सहमति जनाउनु भएको मानिने छ । साथै, तपाईंले यस वेबसाइटमा कुनै पनि हानिकारक वा दुर्भावनापूर्ण सामग्री पोस्ट नगर्ने वा साझा नगर्न पनि सहमत हुनु हुन्छ। यसका अतिरिक्त यहाँले तल उल्लेखित सीमाहरूको पालना गर्न मन्जुर हुनु पर्ने छ । यस सम्बन्धमा तपाईंलाई तलउल्लेख भए बमोजिमका सामग्रीहरू पोस्ट वा साझा गर्न अनुमति छैन भन्नेबारे जानकरी छ:
- अरुलाई अपमानहुने वा धम्की पूर्ण सामग्रीहरु
- उत्पीडन गर्ने वा संघीय/राज्य कानुन उल्लङ्घन गर्ने अभिव्यक्ति वा सामग्रीहरु
- अवैध गतिविधि गर्ने उद्देश्य सहितको छलफल वा निर्देशन समावेश गर्ने सामग्रीहरु
- आफ्नै नभएको वा अरूको बौद्धिक सम्पत्ति (प्रतिलिपि अधिकार, ट्रेडमार्क, व्यापार गोप्य जानकारी आदि) उल्लङ्घन गर्ने सामग्रीहरु
- राजनीतिक गतिविधिसम्बन्धी सामग्रीहरु
- अशोभनीय (अश्लील/पर्नोग्राफिक) भाषा वा चित्र भएको सामग्रीहरु
- विज्ञापन, व्यावसायिक प्रचार वा अन्य वेबसाइटतर्फका लिङ्कसहितको सामग्रीहरु
- अन्य अवैध सामग्रीहरु
- जानीजानी अपूर्ण, भ्रामक वा गलत सुचना वा सामग्रीहरु